देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तरराष्ट्रिय चार्टर्ड उडान मार्फत आज ९७९ नेपाली फिर्ता

देशान्तर

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडान मार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४, क्वालालम्पुरबाट १५६ र मनिलाबाट १०८ यात्रु काठमाडौँ ल्याएको छ ।

आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकप्टरले समान एक चार्टर्ड उडान गरेका छन् । आगामी तीन दिनसम्म अन्तरराष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ ।