देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँका विभिन्न स्थानमा पहिरो : ६ जनाको मृत्यु, ५ बेपत्ता

देशान्तर

तनहुँका । गएरातिबाट भएको अविरल वर्षाले तनहुँका विभिन्न स्थानमा पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । व्यास नगरपालिका–५ मा पाँच जना र माग्दे गाउँपालिकामा एक गरी छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता हुनेमा रिसिङ गाउँपालिकाका पाँच जना छन् । रिसिङ गाउँपालिकाका–८, पल्ट्याङका एकै घरको पाँच जना, व्यास नगरपालिका–९, माझकोटमा घर भत्किएर चार जना र व्यास नगरपालिका–९ कै एक वृद्धा पुरिएको प्रहरीले जनाएको छ ।

बुल्दी खोलामा ठूलो बाढी आउँदा मालेबगर, सिमलाटार, करमकाठ, बसपार्क वरपरका दुई दर्जन बढी घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।