देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिँचाई कार्यालय खोटाङका प्रमुख श्रेष्ठ ९ लाख घुससहित पक्राउ

देशान्तर

काठमाडौं । डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ।
काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि काठमाडौंबाट अख्तियारको टोली स्टिङ अपरशेका आएको पुष्टि गरे तर उनले पक्राउ परेको बारेमा विस्तृत विवरण आइनसकेको जानकारी दिए।