काठमाडौं । लामो समयपछि काठमाडौं उपत्यकामा सडकमा सार्वजनिक यातायातका सवारी साधनहरु देखिन थालेका छन् । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले गत चैत्र ११ गते लकडाउन लगाएपछि सार्वजनिक सवारी साधन चलेका थिएनन् ।
सरकारले गत बिहीबार आवश्यक स्वास्थ्य सावधानी अपनाएर सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको थियो । तर यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी नचलाउने निर्णय गरेपनि व्यवसायीहरु भने सवारी साधन लिएर सडकमा निस्किएका छन् ।
सरकारले साविकको भन्दा ५० प्रतिशत वढी भाडा लिएर सवारी चलाउन यतायात व्यवसायीलाई आग्रह गरेको थियो । काठमाडौंका सडकमा ठूला बस, माईक्रो र टेम्पो समेत गुड्न थालेका छन् । सार्वजनिक सवारी चल्न दिने सरकारी निर्णय संगै उपत्यमामा संयुक्त, मयुर लगायत कम्पनीका सवारी आंशिक रुपमा चल्न शुरु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सुन्दर यातायातले आजबाट बस सञ्चालनमा ल्याउने बताएको छ भने साझा यातायातले आगामी साउन २ गतेबाट बस सञ्चालन गर्ने बताएको छ ।





प्रतिक्रिया