देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्ची सुरुङको गेट फुट्दा गाडीसहित दुईजना बेपत्ता

देशान्तर

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा रहेको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन् ।

आज दिउँसो १ बजे सुरुङको गेट फुटेपछि निस्केको पानीले आयोजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहितलाई बगाएर बेपत्ता बनाएको हो।

गेट फुटेपछि सुरुङमा भरिएको पानीले बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको छ। सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो। निरीक्षणका क्रममा रहेका चारमध्ये दुईजना र गाडी बगाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार गाडीको केही अंश खोलामा देखिएको छ। गाडी झिक्ने काम भइरहेको छ । गत साताबाट मात्रै मेलम्चीको पानी काठमाडौं लैजाने सुरुङमा परीक्षण थालिएको थियो।