काठमाडौ । कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस ( कोभिड ) १९को संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिले जानकारी दिए ।
उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परी क्षण गरिएको थियो ।





प्रतिक्रिया