देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थपिने

देशान्तर

काठमाडौं कोरोना भाइरस संक्रमण ( कोभिड १९ ) रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्‍न अस्पतालमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि थप्‍न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

विभिन्‍न १६ वटा अस्पतालमा करारमा नियुक्त चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीलाई करार समय थप गर्न मन्त्रालयले निर्देशन दिएको हो। उनीहरूको करारअवधि पुस मसान्तसम्म थप्न राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताललगायत १६ वटा अस्पतालका करार कर्मचारीको अवधि थप्न निर्देशन दिएको छ ।

कर्मचारीको आर्थिक दायित्व सुनिश्चितता गरेर मात्र करार अवधिलाई निरन्तरता दिन पनि निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।