काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि आज पनि शीर्ष नेता छलफलमा जुटेका छन्।
केही दिनयता एक्ला एक्लै छलफल गर्दै आएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति हुन नसकेपछि आज वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी छन्। तीन नेताबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पार्टी अध्यक्षसहित दुबै पदबाट राजीनामा माग भएपछि जारी विवाद अहिलेसम्म सुल्झिएको छैन्। दुई अध्यक्षबीच यस विषयमा थुप्रै पटक भएका छलफलमा दुबै आआफ्नो अडानमा अडिग रहेपछि विवाद मिल्न नसकेको हो।





प्रतिक्रिया