काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईबाट आज झन्डै तीन सय नेपाली स्वदेश फर्किएका छन्। दुबईबाट नेपाल एयरलायन्सको विमानमार्फत् १ सय ५१ जना र आबुधाबीबाट हिमालय एयरलायन्सको विमानमार्फत् १ सय ४६ जना स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
आजै नेपाल एयरलायन्सको अर्को विमानले दुबईबाट १ सय ५० र हिमालय एयरलायन्सको अर्को विमानले अबुधाबीबाट १ सय ५२ जना नेपाली लिएर आउनेछ।
हिजो विभिन्न देशबाट ६ सय भन्दा धेरै नेपाली स्वदेश फर्किएका थिए। यसैबीच साउदी अरबमा रहेका नेपाली लिनका लागि आजै हिमालय एयरलायन्सका तीन र नेपाल एयरलायन्सका दुई वटा विमान त्यसतर्फ जाँदैछन् ।
आज साँझ हिमालय एयरलायन्सका दुई विमान दमाम र एक विमान रियादका लागि उड्नेछ भने नेपाल एयरलायन्सका दुई वटा विमान रियाद र दमाम जाने विमानस्थल कार्यालयले जनाएको छ।





प्रतिक्रिया