देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कम्प्युटर अपरेटर पक्राउ

देशान्तर

काठमाण्डौ – नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ ।

टेलिकमको सर्भर ह्याक गर्ने धनकुटाको पाख्रिबास नगरपालिका ५ का २८ वर्षीय दिवाकर देउजालाई ब्युरोको टोलीले धनकुटाबाट नै पक्राउ गरेको हो । पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो काठमाण्डौ पठाएको ब्युरोले जनाएको छ ।

देउजाले टेलिकमको मोबाइल एपको सर्भर प्रणालीभित्र गैरकानुनी रुपमा पहुँच स्थापना गरी प्याकेज प्रयोग तथा बिक्री गरी आर्थिक लाभ लिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पक्राउ परेको देउजा शहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको ब्युरोले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनको साथबाट ल्पायटप दुई थान र मोबाइल दुई थान बराबद भएको छ ।