देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेल्सन मण्डेलाकी छोरीमा मृत्युपछि कोरोना पुष्टि

देशान्तर

काठमाडौं । नेल्सन मण्डेलाकी छोरी जिन्द्जी मण्डेलामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूत जिन्द्जी मण्डेलामा मृत्यु भएको दिन कोरोनाभाइरसको संक्रमण पुष्टि भएको उनका छोरा जोन्डवा मण्डेलाले स्थानीय टिभीलाई बुधबार बताएका हुन्।

‘यसको मतलब यो होइन कि उनको मृत्यु कोरोनाभाइरसको संक्रमणले भएको हो। तर मृत्युपछि भने उनमा संक्रमण देखिएको हो,’उनले भने,’अन्य थुप्रै परीक्षण गरिएको छ। जसले उनको मृत्युको कारण के हो भन्ने बताउँछ।’

उनले आफ्नी आमाको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए। जिन्द्जी मण्डेला नेल्सन मण्डेला र विन्नी मण्डेलाकी कान्छी छोरी हुन्।

५९ वर्षीया मण्डेलाको सोमबार बिहान जोहानसबर्ग अस्पतालमा मृत्यु भएको थियो। उनको अन्त्येष्टि शुक्रबार गर्ने तयारी भएको उनका छोराले बताए। शनिबार भने नेल्सन मण्डेलाको जन्मजयन्ती हो। -एजेन्सी