देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सञ्चारमाध्यमलाई नवीकरण शुल्कमा पूरै छुट दिने सरकारको निर्णय

देशान्तर

काठमाडौं । सरकारले सञ्चार माध्यमहरुका लागि नवीकरण शुल्क छुट दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका हुन् ।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको डा खतिवडाले बताए । कोभिड-१९ को महामारीका कारण सञ्चारमाध्यमलाई सहुलियत स्वरुप यस्तो छुट दिइएको उनले जानकारी दिए ।