काठमाडौं । पशुपपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरका कुनै पनि भट्ट निकाल्न नलागेको स्पष्ट गरेको छ । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथ मन्दिरका कुनै भट्ट निकाल्न नलागेको बताएका हुन् ।
भट्ट निकाल्न लागेको भन्ने सार्वजनिक खबरप्रति कोषको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र कोषको भट्ट निकाल्ने सोचसमेत नरहेको स्पष्ट पारेका हुन् ।
‘नेपाल रभारतबीच सदियौँदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिकरुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहिरहेको हुँदा त्यस्ता भ्राम समाचारको पछाडि नलाग्न सम्बन्धित् सबैमा विनम्र अनुरोध गर्दछु’, सदस्य सचिव डा. ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया