देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङको घोराहीमा जीप दुर्घटनामा एकको मृत्यु

देशान्तर

नारायणपुर । दाङको घोराहीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णनगर हुँदै कपिलवस्तुदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ९६२ नम्वरको बोलेरो जीप घोराही –३ मसोट नजीकै दुर्घटना हुँदा तुलसीपुर –१५ बस्ने १६ वर्षीय पदम वलीको मृत्यु भएको हो ।

वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश न ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।