देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

७२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

देशान्तर

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर छ का ७२ वर्षीय वृद्ध रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

उनी मधुमेहका विरामी समेत रहेको अस्पतालले जानकारी दिएको छ । कोराना संक्रमणको पुष्टि भए पश्चात उनलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।