काठमाडौं . गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज सबै भन्दा धेरै नवलपरासी पूर्वका १८ जना र तनहुँका ७ जना रहेका छन्।
नवलपरासी पूर्वमा रहेका १८ जना गैडाकोट नगरपालिकाका रहेको निर्देशनालयले विज्ञप्ती निकालेर जानकारी दिएको हो। योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार २ सय ५६ पुगेको छ।





प्रतिक्रिया