देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाले भोलीका लागि सचिवालय बैठक बोलायो

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को सचिवालय समितिको बैठक साउन ३ गतेका लागि बोलाइएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।

शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको ती नेताको भनाइ छ ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि बल्झिएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।