देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २८५ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुग्यो

देशान्तर

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजमात्रै कोरोना निको भएर थप २८५ जना डिस्चार्ज भएको बताए।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ। प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ।