काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौँका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।





प्रतिक्रिया