देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाउँपालिका अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

देशान्तर

काठमाडौं । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरेका छन् । कार्की नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । ठकुरीको खुकुरी प्रहारबाट अध्यक्ष कार्की गम्भीर घाइते भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए । उक्त घटनाप्रति काँग्रेस घोर भत्र्सना गर्दै खेद प्रकट पनि गरेको छ ।

पौडेलका अनुसार घाइते कार्कीको गर्धन र हातमा चोट लागेको छ । नोबेल अस्पताल विराटनगरमा कार्कीको उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने किशोरसिंह ठकुरीलाई गिरफ्तार गरी कडा कानुनी कारबाही गर्न काँग्रेस जोडदार माग गरेका मुख्यसचिव पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले गम्भीर घाइते भएका गाउँपालिका अध्यक्ष कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।