पर्वत । पर्वतको पैयुँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ । पैयुँ गाउँपालिका–६ मा घर भएका ती पुरुष स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाइनमा बसेका थिए । उनी हिजो अचानक ढलेका थिए ।
उनलाई तत्काल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । चिकित्सकले गयराति उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।





प्रतिक्रिया