देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुस्ताङ–बेनी सडकखण्डमा पहिरो, चार दिनदेखि सडक अवरुद्ध

देशान्तर

काठमाडौ । मुस्ताङको थासाङ–४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ वेदप्रसाद अर्यालले जानकारी दिए । ‘कालीगण्डकीको बहावले गर्दा काभ्रेभिरमा क्षति पुगेको छ । पहिरोले कालीगण्डकी थुनिएको भन्ने म्याग्दीबासीमा त्रास छ ।