देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल बताइएको छ। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो।

गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौँ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटकपटक स्थगन हुँदै आएको छ। शुक्रबार डाकिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगन गरिएको छ। सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल दाहालबीच भेटवार्ता भएको थियो।