देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जना रहेका छन्।

संक्रमित हुनेमा धनगढी उपमहानगर–१४ का २४ र १९ वर्षीया २ महिला, वडा नम्बर १५ का २४ र २८ वर्षीया २ महिला रहेका छन्। यस्तै वडा नम्बर १८ का ४८ र ४५ वर्षीय २ पुरुष र वडा नम्बर १ का २२ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा २ सय ३७ नमुनाहरु परीक्षण गरिएको र तीमध्ये ८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार १७ पुगेको छ।