काठमाडौं, । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा वा पौडेल पक्ष कसैसित नटासिन उनले कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले १४औं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गर्नुपर्नेमा जोड दिए ।
पौडेलले गुटभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आग्रह गरे । कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा कांग्रेस नेता उदयशमशेर राणाले सरकारले जनअपेक्षाअनुरुप काम नगरेको भन्दै आलोचना गरे । कार्यक्रममा विभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।





प्रतिक्रिया