प्यूठान जिल्लाको स्वर्गद्वारी मन्दिर नजिकै एउटा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ।
उनीहरु सबै बाटो बनाउन खटिएका मजदूर हुन्। भिङ्गृ-स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदूर सबै रोल्पा रुम्टीगढीका हुन्।
शनिबार राति भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। उनीहरुको शब झिक्न पनि सकिएको छैन।
अहिले हुस्सु लागिरहेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। उनीहरुका कसैको पनि पहिचान खुल्न सकेको छैन।





प्रतिक्रिया