देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीता गुफा नजिकै रहेको सीमा स्तम्भ भारतीयले उखेलेर फाले

देशान्तर

पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफा नजिकै सीमा स्तम्भ भारतीयले उखेलेर फालिदिएका छन् । भारतीय समुहले नेपाल भारत छुट्याउने सीमा स्तम्भ उखेलेर फालेको स्थानीय बासिन्दाले बताएका छन् । सीता गुफादेखि झण्डै ५ फिटको दूरीमा माथि डाँडामा रहेको ४ सय ३६ नम्बरको सीमा स्तम्भ ढलेको अवस्थामा भेटिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि नेपालकै ठोरी आसपासमा रहेको अभिव्यक्ति दिएपछि ठोरीले एकाएक चर्चा पाएको छ । उक्त क्षेत्रको सीमा स्तम्भ उखेलेर भारतीयले सीता गुफा क्षेत्र कब्जा गर्न खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

सीमास्तम्भ उखेलेको जानकारी पाएपछि ठोरीका स्थानीयले आक्रोशित हुँदै भारतविरुद्ध नाराबाजी गरेका थिए । सीमास्तम्भ ढलेपछि सशस्त्र प्रहरीले त्यहाँ जानलाई रोक लगाएको छ भने भारतीय एसएसबीले पनि भारततर्फबाट आउन रोक लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।