देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ

देशान्तर

काठमाडौं । नेपाली भुमी लिपुलेक कालापानीबारे विवादास्पद अभिव्यक्ती दिएपछि समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई निस्कासित गरेको हो । उनको आज हुन लागेको सुनवाइ न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा हुनेछ । समाजवादी पार्टीले पार्टीको साधारण सदस्य समेत नरहने गरि र संसद् सदस्यबाट पनि हटाउने निर्णय गरेपछि गिरीले त्यसविरूद्ध २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् ।

उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन् ।