देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीसँग कुनै सहमति भएको छैन,मलाई परिबन्धमा पारे  : दाहाल

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । दाहाल त्यसमा सकारात्मक देखिएको अन्य ओलीइतर नेताहरुको बुझाई थियो ।

तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा दाहालले ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पारे ।

उनले आफूहरुबीच कुनै सहमति नभएको र थप छलफल गरौं भनेर अर्का अध्यक्ष ओलीसँग भनेको उल्ले गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले परिबन्धमा पारेको बताएका छन्