देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिर्गौला प्रत्यारोपणका लागि युट्युवबाट रकम सङ्कलन

देशान्तर

इलाम । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ । दुबै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहेकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिव टिभी युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो ।

युट्युवमार्फत सात लाख २९ हजार ३५० रुपैयाँ उठाइएको छ । हिब टिभी नेपाल युट्युव च्यानलका सञ्चालक विरु लिम्बूको अगुवाइमा सङ्कलन गरिएको सहयोग रकम देशविदेशमा रहेका २० जनाले सहयोग गरेका हुन् । लिम्बूको उपचारका लागि १० लाख रुपैयाँभन्दा बढी रकम आवश्यकपर्ने भएपछि विभिन्न माध्यमबाट रकम सङ्कलन थालिएको हो ।

आर्थिकस्थिति कमजोर भएकी लिम्बूको उपचार रकम अभाव भएपछि ‘सञ्चमाया बचाऊ अभियान’मार्फत रकम जुटाउन थालिएको हो ।