देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनसुन सक्रिय भएपछि अहिले उपत्यकासहित देशैभर वर्षा

देशान्तर

काठमाडौं । मनसुन सक्रिय भएपछि अहिले काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ ।

लगातारको वर्षाले तराईका भुभागमा डुबान तथा पहाडी क्षेत्रमा बाढि र पहिरो उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ । आज दिनभर मौसम बदली रहि देशभर पानी पर्नेछ ।

महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।