देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो, ४६ ढोका खोलिए

देशान्तर

सप्तकोसी नदीमा निरन्तर पानीको बहाव बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ । आज बिहान पानीको बहाव तीन लाख ३४ हजार ९ सय ९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ ।

सोमबार रातिदेखि बढेको पानीको बहाव निरन्तर बढ्दो छ । पानीको बहाव बढेसँगै अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ४६ वटा खुल्ला गरिएको छ ।

पानीको बहाब बढेसँगै कोसी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ । कोसी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ ।