देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीपीको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने छ : देउवा

देशान्तर

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने बताएका छन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा मंगलबार बीपीप्रति श्रद्धासुमन व्यक्त गर्दै सभापति देउवाले लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस अग्रसर रहने बताए।

यसैगरी कांग्रेस महामन्त्री डा शशांक कोइरालाले बीपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पु¥याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरे। उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बीपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आवश्यक रहेको बताए।

बीपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र स‌ंगीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी थिए। उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेका थिए। कांग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी वीपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ।