काठमाडाैँ । ३८ औ वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको छ । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति बाल आश्रममा फलफुल, मास्क, स्यानीटाईजरलगायतका सामाग्री वितरण गरिएको हो ।
यस कार्यक्रममा सहयोग गर्ने नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई तरुण दल केन्द्रिय समितिले विशेष धन्यवाद व्यक्त गरेको छ । यसअघि नेपाल तरुण दल केन्द्रिय समितिले यहि साउन ६ गते देशभर कार्यक्रम गरी ३८ औ वीपी स्मृति दिवस मनाउनको लागि ७७ वटै जिल्ला समितिहरुलाई परिपत्र गरेको थियो ।





प्रतिक्रिया