देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीपी स्मृति दिवसका अवसरमा वृक्षारोपण तथा फलफुल वितरण

देशान्तर

कञ्चनपुर । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस भिमदत्त नगर समितिले वृक्षारोपण तथा फलफुल वितरण गरेको छ । जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा आज वृक्षारोपण तथा फलफुल वितरण गरिएको हो ।

कांग्रेसका विशिष्ठ नेताहरुको उपस्थितीमा सालिकमा माल्य अर्पण, भृकुटी उच्च माध्यामिक विद्यालय परिसरमा वृक्षारोपण तथा बाल अनाथलयमा फलफूल, बिस्कुट र चाउचाउ वितरण गरिएको महिला विभाग कञ्चनपुरकी सचिव लक्ष्मी मल्लले जानकारी दिनुभयो ।

सो कार्यक्रममा नगर सभापति पदमराज अवस्थी, पूर्व आमन्त्रित सदस्य गंगाराज जोशी, यज्ञराज जाशी, पार्टी सचिव, दिवाकर पाण्डे पार्टीका महिला नेतृलगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कांग्रेसले हरेक वर्ष साउन ६ गतेका दिन नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)को स्मृति दिवस मनाउँदै आएको छ ।

बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । बीपीकोको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।