देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सान कलेजको पूर्वविद्यार्थी ‘मेमोरी किङ’ विजय शाही सम्मानित

देशान्तर

काठमाडाैँ । विश्व किर्तीमानी मेमोरी किङ विजय शाही सम्मानित भएका छन् । अभुतपूर्व स्मरण शक्तिका कारण ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा नाम दर्ता गराउन सफल पूर्व विद्यार्थी शाहीलाई सान इन्टरनेशनल कलेजले सम्मान गरेको हो ।

आज आयोजीत सम्मान कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री हरिबोल गजुरेल र यस कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले शाहीके प्रतिभाको प्रशंसा गर्दै सम्मान गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गजुरेलले विजयको स्मरण शक्ति (मेमोरी पावर)को वैज्ञानिक आधारको विषयलाई पुष्टि गर्नुपर्ने बताए । साथै उनले यस्ता प्रतिभालाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड् दिए ।

ओम समाज डेण्टल अस्पतालका अध्यक्षसमेत रहेका कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले विजयको स्मरणशक्तिको प्रोसेसिङ पावर आधुिनक उपकरणहरु जस्तै omputing Processer को बराबर भएको बताए । कार्यक्रममा कलेजका डाइरेक्टर, सहायक क्याम्पस प्रमुख तथा ओम समाज हस्पिटलका प्रतिनिधिसहित अन्य बिशिष्ठ व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

सान कलेजका विधार्थीको क्षमताको संसारभर कदर भएकोमा कलेज परिवार गर्भवान्वित भएकोले विजय शाहीलाई कलेज एम्बास्डर बनाउने निर्णय समेत गरेको छ । शाहीले शाहीले ३० सकेण्डमा १०२ शब्द पढेर विश्व किर्तीमानी कायम गरेका हुन् ।