काठमाडौं। पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभरबाट १२ हजार ४७७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ६९ दशमलव ३४ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ९५३ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २१ हजार ७०४ जना क्वारेन्टिनमा रहेका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।





प्रतिक्रिया