देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तर्राष्ट्रिय सीमा साउन ३२ गतेसम्म बन्द रहने

देशान्तर

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय सीमा साउन ३२ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमार्फत् साउन ३२ गतेको मध्यरातसम्म सबै सीमा बन्द गरिएको जानकारी दिए।

सरकारले यसअघि अन्तर्राष्ट्रिय सीमा साउन ६ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको थियो। स्वदेश आउनैपर्ने नागरिकलाई तोकिएको सीमाबाट आउन दिने कुरालाई यथावत् राखिएको खतिवडाले बताए।

यस्तै, सीमाबाट लुकिछिपी प्रवेश गर्ने र गराउनेलाई प्रचलित कानून अनुसार कारबाही गरिने उनले जनाए।