देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगनले भनेः ‘चौधौं महाधिवेशनमा म पनि सभापतिको उम्मेदवार हो’

देशान्तर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आसन्न १४ औं महाधिबेशनमा आफू पनि सभापतिको उम्मेदवार हुने बताएका छन् ।

रेडियो कार्यक्रम नेपाल चौतारीमा बुधबार विहान कुरा गर्दै थापाले यसअघिको महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार भएकाले स्वभाविकरुपमा आसन्न महाधिबेशनमा सभापतिको उम्मेदवार रहेको बताए ।

उनले चुनाव लड्नका लागि लड्ने नभई सवैसँग सल्ला गरि महामन्त्रीमा चुनाव लड्ने प्रष्ट पार्दै परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए ।

उनले भने ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु ।’

अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वभाविक भएको पनि बताए ।