काठामाडौ।नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
यससँगै मृत्यु हुनेहरुको कूल संख्या ४१ पुगेको छ । गएराति महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको अस्पतालले जनाएको छ ।
गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको छ। उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन ।
तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको बताइएको छ ।





प्रतिक्रिया