देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन अन्त्य भएसँगै मापसे जाँच आजबाट सुचारु

देशान्तर

काठमाडौँ । सवारी चालकको मादक पदार्थ सेवन मापसे परिक्षण बुधबारदेखि पुनः सुरु हुने भएको छ ।आज बाटै नियमित रुपमा मापसे जाँच पुनः सुरु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भीम प्रसाद ढकालका अनुसार स्वास्थ्य सावधानी अपनाउँदै चार महिनापछि आजबाट परिक्षण सुरु गर्न लागिएको हो । साथै, नियमित मापसे कक्षासमेत सुचारु गरिने उनको भनाई रहेको छ ।