देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापामा खनेर छाडेको पोखरीमा डुबेर तीन बालकको मृत्यु

देशान्तर

काठमाडौ । झापामा केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् ।

भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४ वर्षका करण थामी र उनका भाइ ११ वर्षका अर्जुन थामी छन् ।

मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो । तीनै जना बालक घरबाट खेल्न जाने भनेर निस्किएका थिए ।