देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाभित्र प्रधानमन्त्रीको राजीनामा केटाकेटीको खेलजस्तै भयो : प्रदीप गिरी

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको बाए ।

वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरीले नेपाली काँग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यहार देखाएको बताए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले संसदमा प्रधानमन्त्रीको राजीनामा नमागेर बाहिर केटाकेटी खेल सुरु गरेको गिरीले बताए ।

निजीकरणको नाममा समाजवादी नीति भुलेको नेपाली काँग्रेसलाई बिपीवादी भन्न पनि लाज हुने भइसकेको उनले बताए । नेपाली काँग्रेस गणतन्त्र धर्मनिरपेक्षता र संघीयतामा विधिपूर्वक नगएको र आम नागरिक तथा नेपाली काँग्रेसमा राजसंस्था हिन्दू राष्ट्र र संघीयता विरोधको सङ्ख्या केन्द्रीय समितिदेखि तलसम्म बढिरहेको उनले बताए । तर नेता गिरीले आफू गणतन्त्रवादी भएको बताए ।