देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१४ महिनादेखि फरार अभियुक्त पक्राउ

देशान्तर

भक्तपुर । किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया किशोरीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।बलात्कारपछि कसैलाई भने ज्यान मार्ने धम्की दिए कै कारण ती किशोरीले आफू बलात्कृत भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्रहरीको भनाइ छ ।

पीडित किशोरी एक सामाजिक संस्थाको संरक्षणमा रहेको र सोही संस्थाले गत असार १४ गते जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि प्रहरीले यही साउन ६ गते भण्डारीलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।