काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले यहि श्रावण २६ र २७ गते गर्ने भने महासंघको ५४औं वार्षिक साधारण सभाका स्थगित गरेको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा विहिबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी सरकारले अर्को निर्णय नभएसम्मका लागि कुनैपनि प्रकारको सभा-सम्मेलन-भेला आयोजना गर्न प्रतिवन्ध लगाएको निर्णय समेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारण सभा सरकारले सभा-सम्मेलन-भेला गर्ने स्वीकृति दिएको १५ दिन भित्र आयोजना गर्ने निर्णय गरको छ ।
यो निर्णयसँगै अब सरकारको अर्को निर्णय नभएसम्मका लागि महासंघको साधारण सभा स्थगित भएको छ । निर्वाचन समेत हुने यस साधारण सभाका लागि विभिन्न गुट बनाएर उम्मेदवार घोषणा गर्ने र प्रचार प्रसार समेत गरिरहेको बेला महासंघले यस्तो निर्णय गरेको छ ।
बैठकमा बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता रहेको महासंघले जनाएको छ ।





प्रतिक्रिया