देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मौवाखोलामा डाइभर्सन, मोटरसाइकल र साना सवारी साधन चल्न थाले

देशान्तर

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनको सीमामा रहेको मौवा खोलामा डाइभर्सन बनाएपछि शुक्रबारदेखि साना गाडी र मोटरसाइकलहरु चल्न थालेका छन् ।

५ दिनअघि आएको बाढीपहिरोले पुल भत्केपछि यातायात ठप्प थियो । बाढीले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएको थियो । पुलको विकल्पमा तत्कालका लागि ग्याबिन र ढुंगा माटो भरेर साना सवारी साधन र मोटरसाइकल पास गराइएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

आज साँझसम्म ठूला गाडीहरु पनि एकतर्फी रुपमा सञ्चालन हुनेगरी सडक मर्मत भइरहेको एसपी रेग्मीले जानकारी दिए   बाढीले पुल भत्काएपछि काठमाडौंतर्फ आउने गाडी मुग्लिनतर्फ नै रोकिएका थिए पनि काठमाडौंबाट गएका गाडी धादिङतर्फ नै रोकिएको थियो ।