काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छोटो भेटघाट भएको बताए। १३ गते बोलाइएको स्थायी कमिटी बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच छलफल भएको हो।
शुक्रवार बिहान ११ बजे दाहाल ओली भेट्न बालुवाटार पुगेका थिए। नेकपाभित्र ओलीको दुबै पदबाट राजीनामा माग्दै चर्किएको विवाद अझै साम्य भएको छैन। असार १० गते सुरु भएको बैठक विवादकै कारण राम्रोसँग बस्न सकेको छैन।
विवाद समाधानका लागि भन्दै ओली दाहाल लामो समयदेखि एक्लाएक्लै वार्तामा जुट्दै छन्। यसअघि गत शनिवार सचिवालय वैठकमा दाहालले मंसिरमा महाधिवेशन गर्ने ओलीको एजेण्डामा सहमति जनाएपछि वरिष्ठ नेता माधव नेपाल समूह सशंकित भएको छ। नेपाल समूहका नेतालाई दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आए पनि सहमति भने नभएको प्रष्टीकरण दिएका थिए।





प्रतिक्रिया