काठमाडाैँ । नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको बताए।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए। योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ।





प्रतिक्रिया