काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५-५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ।





प्रतिक्रिया