देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वाग्मती प्रदेशसभाबाट दुई विधेयक प्रमाणीकरण

देशान्तर

हेटौंँडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक आज प्रमाणीकरण गरेका छन् ।

प्रमाणीकरण भएका विधेयकमा प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो ।